stcnepal long ad
ime life insurance
global ime bank long

एनआईसी एशिया बैंकमा अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकले ५ हजारसम्म छुट योजना

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजार सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ ।

जस अनुसार दराज, ग्यापु, सस्तो डिल, भोज माण्डु, फुड बाईट (कुईकर), यूजी बजार, खानपिन जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं ट्याक्सीमाण्डु, यती एयरलाइन्स, सोनी लिभ र एएल्टी बालाजीका अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआईशीको मोबाइल बैंकिङमार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिइने जनाएको छ ।

यसका लागि ग्राहकले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको प्रोमो कोड वा डिस्काउण्ट लिंक पठाउने व्यवस्था गरेको छ ।

बैंकले पठाएको प्रोमो कोड वा डिस्काउण्ट लिंक प्रयोग गरी छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

बैंकले हाल ३५८ शाखा, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari