stcnepal long ad
global ime bank long

नेपालमा छैठौँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखियो, स्वास्थ्य मन्त्रालयले गर्यो पुष्टी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार

काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

पछिल्लो केशसँग नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण नेपालमा देखिएको बताएका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार यस अघि कोरोना पुष्टी भएका दोश्रा, पाँचौ र छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए ।

चैत ४ गते तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन् ।

कोरोना संक्रमित ६ जना मध्ये ५ जनाको उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किएका छन् ।

IME Lifesidebar
kumari