stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

२५ प्रतिशतले घटायो एनसेलले इन्टरनेट शुल्क

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णय अनुसार बिहीबारबाट लागू हुनेगरी डेटा सेवामा पे एज यु गो को शुल्क २५ प्रतिशतले घटाएको छ ।

यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गर्न सक्ने भएका छन् । एनसेलले आफ्नो करबाहेक दुई रुपियाँँ प्रतिएमबी रहेको पे एज यु गो शुल्क एक रुपियाँ ५० पैसा प्रति एमबीमा झारेको छ ।

यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागू रहनेछ । सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागि कम्पनीले यस अघि नै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ ।

जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको एनसेलको भनाई छ । यो योजनाअन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ ।

पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् । जब ग्राहकले आफ्नो ब्यालेन्सबाट दुई, पाँच, १०, २०, ३० रुपियाँ वा यो भन्दाथप १० रुपियाँका दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जानेछन् ।

शुरुमा १० रुपियाँ डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक १० रुपियाँमा ग्राहकले २०–२० एमबी डेटा बोनस पाउने छन् । यदि ग्राहकले दुई मेन ब्यालेन्स एक रुपियाँ ०४ पैसा एबीडेटामाखर्च गर्दछन् भने उनीहरुले तत्कालै दुई एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले ३० रुपियाँ ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउनेछन् ।

यदि ग्राहकले मेन ब्यालेन्सको सय रुपियाँ डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउनेछन् ।

कोरोनाभाइरसले निम्त्याएको महामारीको यस समयमा एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न योजनाहरुः सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक पनि प्रदान गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari