stcnepal long ad
global ime bank long

सेञ्चुरी कमर्शियल बैंकले कोरोना कोषमा ८५ लाख सघाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले कोरोना रोकथाम तथा उपचार कोषहरुमा ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकका डेपुटी सिईओ मनोज न्यौपानेका अनुसार संघीय सरकारको कोरोना कोषमा ५० लाख रुपैयाँ सहयोग गरिनेछ । त्यस्तै, सातै प्रदेशका सरकारहरुले खडा गरेका कोषहरुमा ५/५ लाँख रुपैयाँ सहयोग गरिनेछ ।

बैंकले बिहिबार मात्रै कोरोना कोषहरुमा सहयोग गर्ने निर्णय गरेको हो । सेञ्चुरी बैंकले लकडाउनको अवधीमा पनि आफ्ना केहि शाखाहरुबाट सिमित बैंकिङ सेवा उपलब्ध गराई रहेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई एटिएम तथा मोबाइल बैंकिङ सेवा उपयोग गर्न प्रेरित पनि गर्दै आईरहेको छ

IME Lifesidebar
kumari