stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइएमई पेबाट नयाँ योजना

हवाई टिकट काट्दा सर्वाधिक क्यासब्याक र रू. ३०० सम्म छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू. ३०० छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको छ ।

यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुहरुलाई हवाइ उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको छ ।

नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५०% सम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणिय गण्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने जस्ता योजनाहरु आईएमई पे ले ल्याउने गरको छ ।

योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउने छन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको साथै रू. ३०० अतिरिक्त छुट पाउने छन् ।

अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एप मार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् ।

 

IME Lifesidebar
kumari