stcnepal long ad
global ime bank long

वैशाख ९ गते उपकार लघुवित्तको आइपीओ बाँडफाँट 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । उपकार लघुवित्तको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धकको नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार वैशाख ८ गते बिहीबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

यद्दपी, अझै केही काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट नपठाएकाले अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ । यस्तै, कुनै कारणले नभएमा भने वैशाख ९ गते शुक्रबार आइपीओ बाँडफाँट हुने बिक्री प्रबन्धकले जनाएको छ ।

यता, उपकार लघुत्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २२ हजार ११५ जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी २४ लाख ९ हजार जनाको भने हात खाली हुनेछ । यसमा कुल २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

IME Lifesidebar
kumari