stcnepal long ad
ime life insurance
national life
global ime bank long

बैशाख १२ गतेदेखि आइएमई जनरल इन्स्योरेन्सले अवितरित हकप्रद लिलामी मार्फत विक्री गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  बैशाख १२ गतेदेखि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलेअवितरित हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत विक्री खुला गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक तथा सर्वसाधारण समुहको अवितरित हकप्रद शेयर विक्री खुला गर्न लागेको जनाएको छ ।

इन्स्योरेन्सले गत फागुन १२ गतेदेखि चैत १३ गतेसम्म विक्री खुला गरी आवेदन माग गरिएभन्दा कम आवेदन परेको तथा वितरण हुन नसकेको संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको जनाएको छ ।
शेयर खरीदका लागि बैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

उक्त शेयरमा बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

 

 

IME Lifesidebar
kumari