stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन हाइड्रोपावरले आइपीओ विक्री गर्न बोर्डबाट पायो अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डबाट वैशाख ४ गते अनुमति पाएको हो ।

आइपीओ निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशन गर्नका लागि स्वीकृति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा मात्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

साथै कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आर डबल बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाएको कम्पनीहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।

IME Lifesidebar
kumari