बैशाख ११ गतेदेखि विध्यबासिनी हाइड्रोपावरको स्थानीयलाई आईपिओ निस्काशन गर्दै
(©moomsabuy - Fotolia/stock.adobe.com)
Stock-IPO-01-Adobe
IPO wording. Hand writing Stock Market message.
काठमान्डौ। विध्यबासिनी हाइड्रोपावरले स्थानीयलाई बैशाख ११ गते देखि आइपिओ निस्काशन गर्दैछ । कम्पनीले जारी पुँजी १ अर्ब मध्ये १० प्रतिशतले हुने साधारणशेयर एक सय अंकित दरका कम्पनीले आफ्नो जारी पूँजी रु.१ अर्ब मध्ये १० प्रतिशतले हुने प्रति साधारण शेयर रु.१००/– अंकित दरका १०,००,००० कित्ता मध्ये आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको बड़ा नं. ५, ६ र ७ ( साविक पसगाउँ तथा भोजे गा.वि.स.) तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ (साविक मिजुरेडाँडा गा.वि.स.) का स्थानीय बासिन्दाहरुको लागि ७,००,००० कित्ता शेयर सुरक्षित गरि बाँकी रहेको ३,००,००० कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचनासंग जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै बडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको छ।
आईपीओमा आवेदन दिने अन्तिम दिन बैशाख २५ गते रहेको छ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेमा ढिलोमा जेठ ९गते सम्म आवेदन दिन सकिने छ। कम्पनीको आईपोओमा न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिने छ।




















