citizens life insurance long ad
stcnepal long ad

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान अध्यक्षमा शेर्पा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी)को अध्यक्षमा वाङदी छिरिङ शेर्पालाई नियुक्त गरेको छ ।

पर्वतीय प्रशिक्षण सम्बन्धी काम गर्न मन्त्रालयले स्थापना गरेको एकेडेमीमा कार्यकारी निर्देशक र थप तीन जना बोर्ड सदस्य नियुक्त गरेको हो।

मन्त्रालयको चैत २४ गतेको निर्णयले एकेडेमीको कार्यकारी निर्देशकमा रुद्रप्रसाद चापागाईं, बोर्ड सदस्यमा निमा टि शेर्पा, निमादोर्ची शेर्पा र मिङमा दोर्ची शेर्पालाई चार वर्षका लागि नियुक्त गरेको हो ।

अध्यक्ष शेर्पासहितले मंगलबार एकेडेमी पुगेर पदभार सम्हाल्ने कार्यक्रम तय भएको एकेडेमीका प्रसाशकीय प्रमुख उत्तम भट्टराईले जानकारी दिनुभयो ।

विश्वमै पहिलो पटक हिमाल अध्ययनसँग सम्बन्धित रहेर एकेडेमीले त्रिभुवनविश्वविद्यालयसँग अनुमति लिएर चार वर्ष अघिदेखि स्नातक र स्नातोकोत्तर तह विषयको अध्ययन शुरु भैसकेको छ।

IME Life
kumari