आर्थिक संकट हुन सक्ने संकेत
नेपालको आर्थिक अवस्था पनि श्रीलंकाको जस्तै टाट पल्टने खतरा बढेको छ । नेपाली अर्थतन्त्रमा विस्तारै अत्याधिक आयातले विदेशी मुद्राको संचिती घट्दै जाँदा संकटको खतरा बढेको छ ।
अर्थविदहरुले कुनैपनि बेला नेपालमा आर्थिक संकटको खतरा औल्याइ रहेका छन् । नेपालका अर्थविद्हरु डा. चन्द्रमणि अधिकारी, डा.डिल्लीराज खनाल लगायतले देशमा ठूलो आर्थिक संकट आउने खतरा औल्याएका छन् ।
पेट्रोलियम पदार्थ र सवारी साधनका अलावा पाटपूर्जामा मात्र वर्षेनी दुई खर्बभन्दा बढी विदेशी मुद्रा बाहिरिने गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले २०७८ साउन देखि माघभित्र मात्र डेढ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा विदेशिएको छ । इन्धनको मूल्य बढ्दै जाँदा अझ बढी विदेशी मुद्रा बाहिरिने अवस्था रहेको छ ।
देशमा उत्पादन हुने धान,चामल, गहुँ, भटमास, खाने तेल पनि आयात हुन थालेको छ । यी सामाग्रीमा मात्र अरबौं रकम बाहिरिने क्रम बढेको छ । यो आर्थिक वर्षको ८ वर्ष ३७ वर्षको धान र चामल आयात भएको छ।
परनिर्भरताको क्रम बढेसँगै देशबाट वार्षिक झण्डै १० खर्ब रुपैयाँ बराबरको रकम बाहिरिने प्रक्षेपण गरिएको छ । यति नै रकम देशमा विदेशबाट भित्रने अवस्था भने छैन । रेमिटेन्सको भरमा निर्भर अर्थतन्त्र कुनैपनि बेला धराशायी हुन सक्छ ।
विश्वमा आएको चरम आर्थिक संकटले रेमिटेन्समा समेत असर पर्न सक्छ । यसले विदेशी मुद्रा संचिती घट्न गई पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामाग्री समेत खरिद गर्न नसक्ने अवस्था आउन सक्छ ।
अर्कोतर्फ, नेपालले विदेशी ऋणहरु लिएको छ । पूर्वाधार विकासका लागि लिएका ऋणहरुको भारले नयाँ संकट आउन सक्छ । श्रीलंका विदेशी ऋणको भारले थिचिएको छ । नेपालमा पनि महत्वाकांक्षी आयोजनाहरु विदेशी ऋणले बनाइएका छन् । ऋणको ब्याज र साँवा तिर्नुपर्ने वाध्यता नै छ । त्यसले पनि विदेशी मुद्रोको संचिती घट्न सक्छ । यसकारण नेपाल श्रीलंकाको बाटोमा जानसक्ने खतरा बढेर गएको छ ।
अर्थविद् डा। चन्द्रमणि अधिकारीले बेलायत जस्तो देश नै आत्तिएको अवस्था रहेको छ । नेपाल विश्व अर्थतन्त्रसँग परनिर्भर भइसकेकाले राम्रो संकेत छैन । नेपालको वैदेशिक ऋण बढेको बढदैछ,यसले अर्थतन्त्रमा खतरा बढेको छ।
तर, श्रीलंकाको अवस्थामा पुगिहाल्छ भन्न भन्न सकिन्न । अर्थविद् डा।डिल्लीराज खनालले आर्थिक संकट आउँछ भनेर सुरु देखि भन्दै छन । उनले यसबारे बेवास्ता गरेमा श्रीलंकाको जस्तो हालतमा पुग्ने खतरा औल्याएका छन। अर्थविद् डा. विश्वम्भर प्याकुरेलले श्रीलंकाले सुरु सुरुमा अर्थतन्त्रमा समस्या हुँदा बेवास्ता गरेकोले अहिलेको अवस्था व्यहोरेको बताएका छन । उनले नेपालले पनि त्यस्तो बेवास्ता गर्न नहुने बताएका छन ।























