stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्से परिसूचक मंगलबार पनि करिब १५ अंकले गिरावट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाली शेयर बजार नेप्से परिसूचक आज चैत्र १५ गते मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । आज मंगलबार नेप्से परिसुचक १४.२६ अंकले ओरालो लाग्दै २५२७.२७ अंकमा पुगेर रोकिएको छ ।

आज शेयर बजारमा ३८ लाख ९० हजार १३१ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचक केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ भने कारोबार रकममा उतारचढाव भइरहेको छ ।

आज मंगलबार तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको छ । इमर्जिंग नेपाल कम्पनीको सेयर मूल्य ९२ रुपैयाँले बढेर एक हजार १२ रुपैयाँमा कारोबार भएको छ ।

नेष्ट्रो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत अर्थात ७९ रुपैयाँ बढेर ८७२ रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९१ रुपैयाँले बढेर एक हजार ९० रुपैयाँमा कारोबार भयो ।

नेप्सेमा आज मंगलबार लाइफ इन्स्योरेन्स सेक्टरको सेयर परिसूचक २१९ अंकले ओरालो लागेको छ भने अन्य सेक्टरमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा ६२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने १४७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

 

prabhu mahalaxmi
kumari