stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चैत १५ गतेसम्म महानगरको ४ अर्ब ३० करोड रुपैयाँ बजेट खर्च, साढे ७ करोडको इन्धन, बैठक भत्तामा १४ लाख

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो साढे आठ महिनामा चार अर्ब तीस करोड रुपैयाँ खर्च गरेको छ । महानगरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउनदेखि चैतको १५ गतेसम्म चार अर्ब ३० करोड ६३ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ ।

यसमध्ये चालुतर्फ दुई अर्ब ४८ करोड तीन लाख रुपैयाँ र पुँजीगत अर्थात् विकास बजेटतर्फ एक अर्ब ५१ करोड ६० लाख रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ ।

महानगरले यो वर्षका लागि १६ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा अहिलेसम्म चालु र र पुँजीगत गरेर २६ दशमलव पाँच प्रतिशत खर्च भएको छ ।

महानगरले आठ महिनामा गरेको क्षेत्रगत खर्चको विवरण पनि सार्वजनिक गरेको छ । आठ महिनामा सबैभन्दा धेरै कर्मचारीको पारिश्रमिकमा रकम खर्च भएको छ । साउनदेखि फागुनसम्म कर्मचारीको तलबरभत्तामा एक अर्ब आठ करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै महानगरले आठ महिनामा सात करोड ५७ लाख रुपैयाँको इन्धन खर्च गरेको छ । यस्तै गाडी मर्मतमा ५४ लाख, पत्रपत्रिका, छपाइ र सूचना प्रकाशनमा एक करोड ८० लाख रुपैयाँ खर्च भएको छ ।

महँगी भत्तामा दुई करोड ७४ लाख, बैठक भत्तामा १४ लाख चार हजार, प्रोत्साहन तथा पुरस्कारमा १४ करोड ३२ लाख रुपैयाँ खर्च भएको महानगरपालिको जनाएको छ ।

prabhu mahalaxmi
kumari