अन्तर्राष्ट्रिय व्यापारको लागि जारी हुने एलसी चोभारको सुख्खा बन्दरगाहको लागि समेत जारी हुने
विदेशी विनिमय (नियमित गर्ने ऐन २०१९) को दफा १२ ले दिएको अधिकार प्रयोग गरी उक्त परिपत्र जारी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
Nepal Rastra Bank
काठमाडौं । राष्ट्रिय व्यापारको लागि जारी हुने प्रतीतपत्र अर्थात एलसी चोभारको सुख्खा बन्दरगाहको लागि समेत जारी हुन सक्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक र राष्ट्रियस्तरको विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनका ल्याउन निर्देशन दिएको हो ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संसोधन तथा थप गरी विदेशी विनिमय (नियमित गर्ने ऐन २०१९) को दफा १२ ले दिएको अधिकार प्रयोग गरी उक्त परिपत्र जारी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
परिपत्रमा भनिएको छ, अन्तर्राष्ट्रिय व्यापारको लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्था बमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने छ । साथै मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भइसकेका माल वस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्था बमोजिम चोभार सुक्खा भन्सार कार्यालयको नाममा भन्सार बिन्दु परिवर्तन गर्न सकिने छ ।

























