एनएमबि ५० को न्याभ घट्यो, सेयर लगानीमा वृद्धि
काठमाडौं । एनएमबि ५० को फागुन मसान्तमा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ०) घटेको छ । यसअवधिमा न्याभ ४६ पैसाले घटेर १५ रुपैयाँ ६१ पैसा कायम भएको छ । माघ महिनामा यसको न्याभ १६ रुपैयाँ ०७ पैसा थियो । एक महिनाको अवधिमा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी भने बढेको छ ।
सूचीकृत कम्पनीको सेयरमा लगानी ४ करोड ३ लाख ४६ हजार रुपैयाँले बढेर १ अर्ब २३ करोड रुपैयाँ कायम भएको छ । माघ महिनामा यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब १९ लाख रुपैयाँ लगानी गरेको थियो ।
फागुन मसान्तसम्म आइपुग्दा फन्डको बैंक मौज्दात घटेको छ । बैंक मौज्दात ३३ करोड ७१ लाख रुपैयाँबाट घटेर २९ करोड रुपैयाँमा झरेको छ । यसअवधिमा फन्डले ५० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
फन्डको सबैभन्दा धेरै लगानी सिद्धार्थ बैंकमा रहेको छ । सिद्धार्थ बैंकको २ लाख ५ हजार ७२० कित्ता सेयरमा ८ करोड ४७ लाख ५६ हजार रुपैयाँभन्दा बढी लगानी छ ।






















