citizens life insurance long ad
stcnepal long ad

मंगलबार सुनको भाउ तोलामा १३०० रुपैयाँले घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १३०० रुपैयाँले घटेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार छापावाल सुनको भाउ १ लाख ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको थियो ।

IME Life
kumari