citizens life insurance long ad
stcnepal long ad

 ८ लाख १६ हजार कित्ता संस्थापक शेयर प्रभु बैंकले विक्री गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  ८ लाख १६ हजार कित्ता संस्थापक शेयर प्रभु बैंक लिमिटेडले विक्री गर्ने भएको छ । बैंकले गत माघ २७ गते संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको उक्त शेयर खरीद गर्न मिल्ने गरी ३५ दिने सूचना प्रकाशित गरेकोमा ८ लाख १६ हजार कित्ताका लागि आवेदन नपरेकाले कम्पनीले पुनः विक्रीका लागि सुचना प्रकाशन गरेको छ ।

उक्त शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयर बाहेकका व्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशितभएको मितिले १५ दिनभित्र नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डको व्यवस्थालाई परिपालन गरेको प्रमाणित हुने कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

 

IME Life
kumari