एनआरएनए निर्वाचन रोक्न कुमार पन्तको प्रधानमन्त्रीलाई अनुरोध
अमेरिका । नेपाल छाडेर विदेश भासिएका गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापन इतर समुहको निर्वाचन रोक्न एनआरएनएका अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्र मन्त्री डा। नारायण बहादुर खडका समक्ष चैत्र ७ गते पत्र लेख्दै आग्रह गरेका छन् ।
उच्च अदालत पाटनले पन्त पक्षले गर्न लागेको निर्वाचन तत्कालका लागि रोक्न आदेश दिए पछि कुमार पन्त सरकारको ढोकामा पुगेका छन् ।
यस अघि पन्त परराष्ट्र मन्त्रालयको निर्देशन विरुद्वमा उच्च अदालत पाटन गएका थिए । सरकार विरुद्व एनआरएनएको तर्फबाट पन्तले दायर गरेको मुद्दाको अन्तिम फैसला आउन बाँकी रहेको छ । सोही क्रममा एनआरएनए सदस्यहरु चिन्तामणि सापकोटा र उमेश कुमार पुडासैनीले अर्को रिट दायर गरेका थिए ।
जुन रिटमा कुमार पन्त समुहले गर्न लागेको निर्वाचन रोक्न माग गरिएको थियो । सोही निवेदनको आधारमा अदालतले पन्त समुहको निर्वाचन तत्कालका लागि रोकि बुधवार दुबै पक्षलाई छलफलमा आउन बोलाएको छ ।
अदालतलको सो आदेशले आफुहरुलाई नछुने भन्दै शेष घले समुहले निर्वाचन प्रकिया अगाडि बढाउने बताएकै समयमा कुमार पन्तले प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्र मन्त्री डा. नारायण बहादुर खड्कालाई पत्र पठाएका हुन् ।






















