citizens life insurance long ad
stcnepal long ad

प्रधानमन्त्री देउवाले बिमस्टेकमा भर्चुअल सम्बोधन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुअल माध्यमबाट सहभागिता जनाउने भएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न हिजो चैत्र ७ गते सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिमस्टेक मन्त्रीस्तरीय बैठक भएकाले र बिमस्टेक परराष्ट्र सचिवरवरिष्ठ पदाधिकारी बैठकमा क्रमशः परराष्ट्र मन्त्री, परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाउन नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिएका थिए ।

बैठकले पाँचौँ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडापत्रलगायत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत भएको मन्त्री कार्कीले बताएका छन् ।

 

IME Life
kumari