citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा ध्रुव प्रसाद घिमिरे पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जग्गा बैना गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा  धुलिखेल नगरपालिका–४ बस्ने ललितपुर महानगरपालिका–३ घर भएका ४९ वर्षीय ध्रुव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका–१ दरबारमार्गबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं –३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ घर भएकी ४० वर्षीया महिलाले जग्गा खरिद गर्नको लागि खोजी गर्ने क्रममा घिमिरेले मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको भक्तपुर साविक दुवाकोट गाविस–१ मा रहेको जग्गा २१ लाख रुपैयाँ दरले ४ आना जग्गा नापजाँच गरी राजिनामा पास गरीदिने भनि विश्वास दिलाई विभिन्न बैंकको चेकबाट पटक पटक गरी ४५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा घिमिरेले ठगी गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ ।

IME Life
kumari