stcnepal long ad
ime life insurance
national life
global ime bank long

आगामी जेठ तेस्रो साता नेपाल पर्वतारोहण सङ्घको निर्वाचन हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन आगामी २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ ।

सङ्घको आज बसेको केन्द्रिय कार्य समितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका महासचिव कुलबहादुर गुरुङ्का अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न सङ्घको विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोग समेत गठन गरिएको छ ।

सो आयोगमा अधिवक्ता डा. गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा. रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहनु भएको छ ।

सङ्घले  चैत ९ गते आयोजना हुन गइरहेको ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्ति मार्फत जानकारी गराएको छ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत पर्वतारोहण सङ्घ नेपालको एक मात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको छ ।

IME Lifesidebar
kumari