stcnepal long ad
ime life insurance
national life
global ime bank long

लाइसेन्समा अनियमितता गर्ने यातायात कार्यालयका प्रमुख सहित ९ जनाविरुद्ध अख्तियारले मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखराबाट २०७५ मंसिर, २०७६ साल कार्तिक र मंसिरमा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको भन्ने उजुरीको आधारमा शर्मा लगायतलाई अनुसन्धानको लागि अख्तियारले नियन्त्रणमा लिएको थियो ।

गण्डकी प्रदेश, पोखरामा कार्यरत निमित्त कार्यालय प्रमुख शाखा अधिकृत पौडेल, शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेम प्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बराल समेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा विभिन्न मितिमा संचालन भएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरवदल गर्ने कार्यमा संलग्न रहेको पुष्टि भएको हो ।

उनीहरुले जम्मा १६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गराएको पनि अख्तियारले उल्लेख गरेको छ ।

उनीहरु ९ जना विरुद्ध कानुन बमोजिमको अधिकतम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

IME Lifesidebar
kumari