citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

एमालेद्वारा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट विधि पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं( स्थानीय निर्वाचनका बारेमा केन्द्रित रहेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले सचिवालय बैठक सम्पन्न भएको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ ।

त्यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिस जिल्ला कमिटीले गर्ने तथा निर्णय प्रदेश कमिटीले गर्ने गरी मापदण्ड तय गरेको गुरुङले जानकारी दिनुभयो ।बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने तथा टिकटको निर्णय पार्टी केन्द्रले गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देश गर्ने भएको छ । आगामी चुनावी रणनीति बनाउन एमालेले यही चैत ७ गते पोलिटब्यूरो तथा चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक बस्ने गुरुङले जानकारी दिनुभयो । बैठकले निर्वाचनका लागि घोषणापत्र निर्माण गर्ने समेत निर्णय गरेको छ ।

IME Life
kumari