citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

प्रहरीमा तीन डीआईजीको एआईजी बढुवामा सिफारिस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीमा थपिएका तीनवटा एआईजी पदमा जेष्ठता र कार्यसम्पादनमा अगाडि रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

चैत्र १ मंगलबार बसेको बढुवा समितिको बैठकले डिआईजी वसन्त पन्त, धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको समितिले जनाएको छ । पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको छ ।

गत २०७८ फागुन ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितिले गरेको सिफारिस मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेसँगै एआईजीको संख्या ८ पुग्नेछ ।

अहिले प्रहरी प्राविधिक सहित ६ जना एआईजी रहेका छन् । बढुवा सिफारिस भएका एआईजीहरूलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिने छ ।

अहिले मानवश्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ एआईजी राख्ने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरेको थियो । बढुवा सिफारिस भएका दुई जना एआईजीहरू सिंह र धानुकले प्रहरी महानिरीक्षक बन्न एआईजी विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् ।

पन्त भने वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीसँगै आगामी २०७९ वैशाख १९ मा अवकाशमा जानेछन् । बढुवा सिफारिस गरिएका सिंह केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन् । पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र धानुक कार्य विभागमा कार्यरत छन् ।

एआईजी बढुवामा सत्ताधारी दल बीचमा भागबन्डा भएको छ। सिंह र पन्त कांग्रेसको कोटामा र धानुक माओवादी कोटाबाट बढुवा सिफारिसमा परेका छन। प्रहरीका रहेका एआईजी हरि बहादुर पाल, निरज बहादुर शाही, प्रद्युन्न कार्की अनिवार्य अवकास हुँदैछन।

आईजीपी थापा क्षेत्री र चार एआईजी २०७९ बैशाख १९ गते अनिवार्य अवकास भएपछि एक एआईजी आईजीपी हुने छन। त्यसपछि प्रहरीमा ५ जना एआईजी रिक्त रहने छ । त्यो पदमा बैशाख १९ गतेपछि डीआइजीहरु दिवेश लोहनी, उत्तमराज सुवेदी, अरुण बिसी, ईश्वरबाबु कार्की, वसन्त लामा, घनश्याम अर्यालबाट बढुवा हुने छन।

 

IME Life
kumari