stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्वविद्यालयले स्रोत साधन उपलब्ध गराउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १७, २०७६ सोमबार

काठमाडौँ ।कोरोना भाइरसको बढ्दो सङ्क्रमणमा सरकारको अभियानमा सघाउन त्रिभुवन विश्वविद्यालयले आफ्नो स्रोत साधन उपलब्ध गराउने भएको छ ।
विश्वविद्यालयका रिक्त भवन, तीन हजार रोपनीभन्दा बढी खुला जग्गा तथा अन्य स्रोत साधन आवश्यकता अनुसार उपलब्ध गराउन आफूहरू तयार रहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिनुभयो । सरकारका जिम्मेवार अधिकारीलाई यस बारेमा जानकारी गराइएको उहाँले बताउनुभयो ।

खाली जग्गा उपयोग गर्न सुझाव
विश्वविद्यालयका उपकुलपति बाँस्कोटाले सबै तहका सरकारले विश्वविद्यालयको संरचना आवश्यकता अनुसार प्रयोग गर्न सकिने सुझाउनुभयो । विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय विभाग, कार्यालयका साथै खुला चउर उपयोग गर्न आफूले प्रस्ताव गरेको उहाँको भनाइ छ ।
उपकुलपति बाँस्कोटाले सङ्क्रमितको सङ्ख्या बढेको अवस्थामा खुला चउरमा टेन्ट हालेर पनि बिरामीको उपचार गर्न सकिन्छ, यो अवस्थामा विश्वविद्यालयको खुला परिसर उपयोग हुन सक्ने कुरा बताउनुभयो । कीर्तिपुरको बाक्लो बस्तीमा उपचार गर्न समस्या हुने र सङ्क्रमणको जोखिमसमेत हुने भएकाले खुला परिसर उपयुक्त हुने उहाँको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय परिसर कीर्तिपुुरमा विश्वविद्यालयको नाममा तीन हजार रोपनीभन्दा बढी खुला स्थान रहेको जनाइएको छ ।

विज्ञान भवन उपलब्ध
यसैबीच विश्वविद्यालयले कीर्तिपुर नगरपालिकालाई कोरोना सङ्क्रमणको उपचारमा सघाउन आइसोलेसन कक्ष बनाउन विश्वविद्यालयको ‘विज्ञान भवन’ उपलब्ध गराएको छ । कीर्तिपुर परिसरमा रहेको सो भवन हाल प्रयोगविहीन अवस्थामा थियो । चिकित्सा शास्त्रमा अध्ययन गर्ने विद्यार्थीलाई भनेर बनाइएको सो भवन कीर्तिपुरमा बनाइए पनि प्रयोग हुन सकेको थिएन ।
नगरपालिकाको आग्रहमा कोरोना भाइरस सङ्क्रमणमा परेका बिरामीको उपचारका लागि आफूहरूले भवन उपलब्ध गराएको जनाइएको छ । आजको गोरखापत्र दैनिकबाट

 

IME Lifesidebar
kumari