citizens life insurance long ad
stcnepal long ad

सहकारीमा युवा र महिलाको सहभागिता बढाऔ; महासंघ सञ्चालक जिसी

Nimb long ad
Prabhu Insurance Long Ad

बागलुङ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी क्षेत्रको प्रभावकारी सञ्चालनका लागि युवा र महिलाको सहभागिता बढाउनु पर्नेमा जोड दिनु भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बुधवार आयोजना गरेको सहकारी महिला र युवाको गुणस्तरीय सहभागिता विषयक कार्यक्रममा बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष समेत रहनु भएकी जिसीले संविधान तथा कानुनमा उल्लेख गरेर मात्रै महिला र युवाको सहभागिता नहुने भन्दै व्यवहारमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सहकारीमा आवद्ध महिलाहरुले आफ्नो क्षमता अभिवृद्धि गर्नुका साथै सहभागिताका लागि दवाव सिर्जना गर्नु पर्नेमा जोड दिनु भयो । महिला तथा युवाको क्षमता अभिवृद्धिका साथै सहकारीको प्रभावकारी सञ्चालनमा समेत सहकारी संघ संस्थाले ध्यान पु¥याउनु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले युवा तथा महिलाहरुलाई सहकारीमा आवद्ध गराउदै उनीहरुको क्षमता विकास, नेतृत्व विकाससंगै आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान गर्ने गरी सहकारी अभियानकर्मीहरुले काम गर्न आवश्यक रहेको बताउनुभयो । सहकारी समाज रुपान्तरणको महत्वपूर्ण पाटो हो, यसको भूमिकालाई बढाउनका लागि युवा र महिलाहरुको भूमिका बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी र कोअपरेटिभ म्यानेजर्स क्लव बागलुङका अध्यक्ष दिपकजंग राजभण्डारीले सहकारी व्यवस्थापन, सहकारीमा युवा तथा महिलाको सहभागिता विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा बागलुङ बजारमा सञ्चालित विभिन्न सहकारी संघ संस्थामा कार्यरत ४० जना महिला कर्मचारीहरुको सहभागिता रहेको थियो ।

IME Life
kumari