citizens life insurance long ad
stcnepal long ad

नेपाली सेनाका महिला सैनिकहरुलाई महिला रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।’११२ औं अन्तर्राष्ट्रिय महिला दिवस’ को उपलक्ष्यमा श्री सैनिक श्रीमति संघको आयोजनामा श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा नेपाली सेनामा कार्यरत महिला सैनिकहरु तथा सकलदर्जाका परिवारजनलाई Ovarian Cancer तथा महिलासँग सम्बन्धित अन्य क्यान्सरको बारेमा जानकारी गराउने तथा सचेतना फैलाउने उद्देश्यले प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्य तथा प्रमुख वक्ता अभिनेत्री मनिषा कोइरालाको उपस्थितिमा २०७८ फाल्गुण २५ गते सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले क्यान्सर सम्बन्धी आफ्नो अनुभव सहभागीहरुलाई अवगत गराउनु भएको थियो भने महिला रोग विशेषज्ञहरुले Ovarian Cancer तथा महिलासँग सम्बन्धित अन्य क्यान्सर रोग बारे जानकारीमुलक प्रस्तुतिकरणका साथै क्यान्सर रोगको सम्बन्धमा अपनाउनु पर्ने सतर्कताबारेमा प्रकाश पार्नु भएको थियो ।
साथै, उक्त कार्यक्रममा श्री सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्मालगायत अन्य पदाधिकारीहरु, नेपाली सेनाका महिला रथीवृन्द, अधिकृत तथा अन्यदर्जालगायत सकलदर्जाका परिवारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

IME Life
kumari