citizens life insurance long ad
stcnepal long ad

शेयर बजार निरन्तर ओरालो

अघिल्लो साताको अन्तिम कारोबारमा बजार २६६१.४४ अंकमा बन्द भएको थियो ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अघिल्लो साता निरन्तर घटेको शेयर बजार गत साता पनि निरन्तर घट्नेक्रम जारी रहेको छ । फागुनमा प्रायः माग घटने गर्छ। यो महिना बजारमा तरलता अभाव हुने गर्छ । यसको साथै विभिन्न कम्पनीहरुको हकप्रद तथा बोनस शेयर लिस्टिङ हुने भएकोले पनि फागुनमा शेयर बजारमा सँधै बिक्री दवाव पर्ने गर्दछ ।

शेयर बजारमा गत साता जम्मा तीन दिन कारोबार बन्द भएको थियो । कारोबार भएका सबै दिनमा बजारमा गिरावट आएको थियो । अघिल्लो साताको अन्तिम कारोबारमा बजार २६६१.४४ अंकमा बन्द भएको थियो ।

गत साताको अन्तिम कारोबारमा बजार २५४७.०४ मा बन्द भएको छ । गत साताभरमा बजार ११४.४ अंकले गिरावट आएको थियो भने साताभरमा जम्मा १०.४५ अर्बको मात्र कारोबार भएको थियो ।

गत साताको पहिलो दिन आइतबार बजार ७.७४ अंकले गिरावट आएको थियोभने सोमबार बजार ४३ अंकले गिरावट आएको थियो । मंगलबार शिवरात्रीको कारण बजार बन्द रहेको थियो । बुधबार पनि बजारमा निरन्तर गिरावट आएको थियो ।

बुधबार बजार ६३.५४ अंकले गिरावट आएको थियो । बिहीबार भने बजार बन्द भएको थियो । सरकारले हिमाली साहसी जाती शेर्पा समुदायको ग्याल्पो ल्होसारका कारण सार्वजनिक बिदा दिएको थियो ।

यस हिसाबले गत साता बुधबारको कारोबार नै अन्तिम कारोबार भएको थियो । बजार यसरी निरन्तर घट्नुमा बजार जानकारहरुले तरलता अभाव नै प्रमुख कारण रहेको बताउने विश्लेषण गरेका छन् भने प्राविधिक बिश्लेषकहरुले बजार अब धेरै नघट्ने दाबी गरिरहेका छन् । बजार बढेपछि घट्ने र घटेपछि बढ्ने सामान्य चक्र भएको कारण बजार करेक्सन भैसकेकाले अब बढने तर्क गरिरहेका छन।

अघिल्लो साता र गत साता पनि बजार निरन्तर घटेकोको छ। अब अल्पकालिन लगानीकर्ता बजार पस्न सक्ने सम्भावना पनि छ ।

बोलिङगर ब्याण्ड ओैजार मार्फत शेयरको मुल्यांकन हेर्दा बजारले तल्लो ब्याण्डमा छोएर रातो लामो मारुबुजु क्याण्डल बनाएको छ । यसले बजारमा सामान्य करेक्सनको सम्भावना आगामी सातासम्म पनि देखिन्छ ।

भोलुम र एमएसीडीको आधारमा भन्नु पर्दा बजारमा बिस्तारै भोलुम बढेको छ भने एमसीडी लाईन अन्तगर्त हिस्टोग्राम नेगेटिभ र लामा लामा भएका छन् ।

यसले बिक्रीकर्ता हावी भएको बुझिन्छ र आरएसआई ३० को जोनमा रहेको छ । यो भनेको बजार ओभर सोल्ड जोनमा पुगेको भन्ने बुझाउछ । बोलिङगर ब्याण, एमएसीडी र आरएसआइको सम्बन्ध घट्दो क्रममा रहेको छ ।

यो भनेको बजार अल्पकालको लागि बियरिस रहेको भन्ने बुझिन्छ । यदि आगामी दिनमा बजार घटे पनि आरएसआई हुक बनाएर फर्कन्छ भने बजार बढ्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

 

IME Life
kumari