इन्धनको कमिशन नबढाए पेट्रोल पम्प ठप्प पार्ने डिलर्सहरूको चेतावनी
काठमाडौं । नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल आयल निगम लिमिटेडका डिलर रहेका देशभरका एल.पि.ग्याँस तथा पेट्रोलियम पदार्थको कारोवार गर्ने सम्पूर्ण व्यवसायीहरुको छाता संगठन ‘राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वयन समितिूले एक पत्रकार सम्मेलन गरेर १५ दिन भित्र वैज्ञानिक भाडादर समायोजन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
उक्त समन्वयन समितिका तर्फबाट नेपाल एल.पि ग्याँस उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्ली संयोजक, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोरा सह–संयोजक, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान सह–संयोजक, सदस्यहरु शिव प्रसाद अर्याल, गोकुल भण्डारी, विश्व प्रसाद अर्याल, चतुर्भुज सरिया, श्याम बुढाथोकी, विष्णु कुमार खड्का ९कमल० र कृष्ण भक्त श्रेष्ठ सदस्य सचिवद्वारा हस्ताक्षरित व्यक्तव्यमा नेपाल आयल निगम लिमिटेडले पटक–पटक इन्धनको मूल्य वृद्धि गर्दा डिलरहरुले पाउने भाडादर वृद्धि नगरेकोमा आक्रोस व्यक्त गर्दै कमिशन मूल्य पनि बढाउन माग गरेका छन् ।
व्यवसायीहरूको विभिन्न समस्या समाधानका लागि पटक(पटक नेपाल सरकार तथा सम्बन्धित निकायहरूमा माग पत्र बुझाएकोमा सो मागपत्रका विषयमा हाल सम्म पनि कुनै सम्बोधन हुन नसकेको कारण सम्पुर्ण व्यवसाय नै समस्याग्रस्त रहि संचालन गर्न अत्यन्त कठिन हुदै गएकोे विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय वजारबाट खरिद गरिने पेट्रोलियम पदार्थको बिक्री मूल्य खरिद मूल्यको अनुपातमा कायम हुने स्वचालित विधिबाट गरिनु पर्नेमा विगत लामो समय देखि उक्त विधिलाई बेवास्ता गरी मनोमानी ढंगले मूल्य कायम गरिएका कारण निगम कहिले अत्याधिक नाफा र कहिले अत्याधिक घाटामा जाने गरेको आरोप लगाएका छन् ।
त्यस्तै आयल निगम अत्याधिक नाफा भई रकम संचित हुँदा निगम भित्र उचित व्यवस्थापन नगरिएको र नोक्सान हुँदा आपूर्ति व्यवस्थानै असहज भई उपभोक्ताले कष्ट व्यहोर्नु परेको विद्यमान अवस्था रहेको बताउँदै ईन्धन आपूर्तिको जिम्मेवारी पाएको एक मात्र सरकारी संस्था भित्र हुने राजनैतिक हस्तक्षेप, समयमा उचित व्यवस्थापन गर्न नसकेको, दीर्घकालिन कार्यक्रमको अभाव तथा उचित ऐन नियम र दृष्टिकोण नहुदा निगमसँग आवद्ध व्यवसायीहरुको लगानी जोखिमपूर्ण बन्दै गएको भन्दै उनीहरुले सरकारलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् ।
डिजेल, मर्मत, ज्याला, कर लगायतको विभिन्न शिर्षकहरुमा अत्याधिक मूल्य वृद्धि भएको कारण व्यवसाय संचालन खर्च अस्वभाविक रुपमा वृद्धि हुन गई व्यवसायहरु संचालन नै गर्न नसकिने अवस्था श्रृजना हुन गएको विज्ञाप्तीमा उल्लेख गर्दै नेपालमा आयात तथा उपभोग हुने वस्तु मध्ये सबै भन्दा बढी बजेट खर्च हुने पेट्रोलियम पदार्थको कारोबार गर्ने निगमको संचालन पारदर्शि हुनु पर्ने, पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज गरि उपभोक्तालाई विश्वस्त पार्नु पर्ने लगायतका मागहरु राखिएको छ । विज्ञप्तिमा भनिएको छ
मागहरू १५ दिन भित्र सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम साथै ६ सुत्रीय मागहरु सार्वजनिक गरि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।




























