citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

पद तथा गोपनियताको सपथ

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७८ साल फाल्गुन १३ गते सम्पन्न भएको बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर  रुङ्गटा, राहुल अग्रवाल  र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित हुनुभएको र सोहि दिन बसेको संचालक समितीको.५१८.औं बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम २०७८ साल फाल्गुन १६ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक बिशेष समारोह बीच राजेश उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराउनु भयो ।

साथै सोहि मितिमा बसेको सञ्चालक समितिको ५१९ औ बैठकबाट सञ्चालक पदमा संजय गिरी, दिपक कुमार रौनीयार, श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।

 

IME Life
ofukuro
kumari