citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

युरिया र डिएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर 

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । जीटूजी व्यवस्था मार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मल आपूर्तिका लागि भारत सरकार र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर जीटूजी व्यस्था मार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भयो ।

भारतको तर्फबाट भारत सरकार रसायन एवम्मल मन्त्रालयका सचिव  राजेश कुमार चतुर्वेदी र  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव  डा. गोविन्द प्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री  महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत महामहिम  विनय मोहन क्वात्राको उपस्थितमा  २०७८ फाल्गुण १६ गते आयोजित एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर एवम् समझदारी पत्रको आदान–प्रदान भयो । सो समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो ।

हस्ताक्षर समारोहमा बोल्दै सचिव  राजेश कुमार चतुर्वेदीले भारत र नेपालबीचको
निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गर्नुभयो । साथै वहाँले दुई पक्षबीच भएको
सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु¥याई कृषिको क्षेत्रमा भएको
द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गर्नुभयो ।

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो समझदारी पत्र भारत र नेपालबीचकोद्विपक्षीय आर्थिक सहकार्यमा अर्को कोशे ढुंगाको रुपमा रहको छ भने यसले भारतले नेपाललाई दिएको प्राथमिकतालाई पनि प्रतिबिम्बित गर्दछ ।

IME Life
ofukuro
kumari