अब नेपालमा पेटीएम, गुगल पे र फोनपे सञ्चालनमा आउने
काठमाडौं । अब, नेपालमा पनि पेटीएम, गुगल पे र फोनपे सञ्चालनमा आउने भएका छन् । गेटवे पेमेन्ट सर्भिस प्रा.लि ले भारतस्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (युपीआई नेपाल) सञ्चालनको सम्झौता गरेसँगै यो प्रक्रिया अघि बढेको हो ।
दुई बीचमा सम्झौता भएर प्रक्रिया थालनी भएसँगै भारत जाँदा वा त्यहाँबाट अनलाइन सेवामार्फत सिधैँ नेपालका कुनै पनि बैंक खाता वा वालेट खातामा रकमान्तर गर्न सकिनेछ । लगभग अबको तीन महिनाभित्र यस सेवा पूर्ण रुपमा सचारु हुने बताइएको छ । साथै कुनै पनि भारतीय वा नेपालीले जहाँबाट पनि क्युआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने छन् ।























