citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

याक एन्ड यति होटलको क्यासिनो खारेज र बन्द गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। गृह मन्त्रालयले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रका आधारमा याक एण्ड यति होटल लिमिटेडको क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएको बुझिन आएको छ।

गत फागुन २ गते सोमबार मन्त्रालयले होटलमा रहेको क्यासिनो बन्द गर्न आवश्यक कारबाहीका लागि जिल्ला प्रशासनलाई पत्र पठाएको छ। मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई होटलको क्यासिनोको इजाजत पत्र रद्द गर्ने, पाँच तारामा वर्गीकरण गरिएको प्रमाणपत्र रद्द गर्ने लगायत निर्देशनसहितको पत्र पठाएको बुझिन आएको छ।

याक एन्ड यति होटल लिमिटेड दरबारमार्ग काठमाडौंको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजत पत्र रद्द गर्ने, होटलको पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटल तथा क्यासिनो बन्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्तीहरू रोक्का राख्ने र बैंक तथा वित्तिय संस्थामा रहेका बैंक खाता तथा वित्तिय कारोबार रोक्का राख्ने,जिल्ला प्रशासन कार्यालयमा पठाइएको पत्रमा उल्लेख गरिएको छ।

राज्यलाई बुझाउनुपर्ने ४२ करोड रोयल्टी रकम याक एण्ड होटलमा रहेको क्यासिनोले बुझाएको छैन र रकम बुझाउन पटक–पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएका छन्।

गत २०७८माघ २६ गते मन्त्रीस्तरीय निर्णयले होटलको क्यासिनो सञ्चालन इजाजत पत्र र वर्गीकरण प्रमाणपत्र रद्व गरेको थियो। पर्यटन विभागले पनि यो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको थियो। पत्राचार भएसँगै गृहले गत फागुन २ गते सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

पत्र प्राप्तभएसँगै सिडिओ कार्यालयले कानुनी प्रक्रियाबारे छलफल गरेको र त्यसपछि आवश्यक कारबाही गर्ने भएको छ। पर्यटन मन्त्रालयले २०४८ पुस २२ गते याक एण्ड यती होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो। पर्यटन मन्त्री आलेले रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानुन बमोजिम होटलले दाखिला नगरेका कारण इजाजत रद्व गर्नु परेको बताउदै आएका छन।

आर्थिक वर्ष २०७६/०७७ सम्मको बाँकी बक्यौता, आर्थिक वर्ष २०७७/०७८ को इजाजतपत्र नवीकरण दस्तुर, २०७८/०७९ को रोयल्टी दस्तुर समेत गरी याक एण्ड यति होटलको क्यासिनोले ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैयाँ ४२ पैसा बुझाउन

IME Life
kumari