citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।यस अवधिसम्ममा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २१ दशमलव ७७ प्रतिशतले घटेको हो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष ९.४८ प्रतिशत घटेको छ। यस अवधिमा बैंकको निक्षेप ९ दशमलव ५९ प्रतिशत र कर्जा १३ दशमलव १० प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ०३ प्रतिशत बढेको छ बैंकको सञ्चालन मुनाफा भने २१ दशमलव ३५ प्रतिशतले घटेको छ। यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १३ करोड ८३ लाख रुपैयाँ रहेको छ।

समिक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ५३ पैसाबाट घटेर १२ रुपैयाँ ९४ पैसा पुगेको छ। यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८० पैसा रहेको छ।

IME Life
kumari