citizens life insurance long ad
stcnepal long ad

सञ्चालन गर्न नसकेपछि क्यापिटल मर्चेन्ट खारेजीमा जाने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लामो समयदेखि समस्याग्रस्त रहेको क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स लिमिटेड खारेजीमा जाने भएको छ । नेपाल राष्ट्र बैंकले गत २०६९ साल माघ ९ गते समस्याग्रस्त घोषणा गरेको उक्त फाइनान्स सञ्चालनका लागि २०७५ सालमा नयाँ लगानीकर्ता भित्रिएको थियो ।

सोही अनुरूप राष्ट्र बैंककै निर्देशनमा सेयर कारोबार फुकुवा गर्दै २०७५ साल असोज ४ गते नेप्सेमा संस्थापक सेयर कारोबार हुँदै नयाँ लगानीकर्ता भित्रिएका थिए ।

नयाँ लगानीकर्ता भित्र्याएर संचालनको पटक–पटक ताकेता गर्दा पनि संचालनमा ल्याउन नसकिएपछि राष्ट्र बैंकले खारेजीमा लैजाने तयारी गरेको छ ।

राष्ट्र बैंकले नयाँ लगानीकर्ताको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य प्रबलजङ्ग पाण्डे, चिरञ्जीवी थापा लगायतको समुह भित्रिएसँगै पुराना समस्या समाधान गर्दै संचालनमा ल्याउन ताकेता गर्दै आएको थियो ।

उक्त समुहले आफुले खरिद गरेको ६ महिनाभित्रै संचालनमा ल्याउने प्रतिवद्धता जाहेर गरेपनि त्यसको ४ बर्षसम्म पनि संचालनमा आउन नसक्दा खारेजीमा लैजाने प्रक्रिया अघि बढाउन लागेको बुझिन आएको छ ।

समस्याग्रस्त क्यापिटल मर्चेण्ट नयाँ समुहले संचालन गर्न नसकेपछि लगानीकर्ता खोज्दै राष्ट्र बैंक, ल्यायो तीन वटा विकल्प दिएका छन।

राष्ट्र बैंकले नयाँ लगानीकर्तालाई संस्था संचालनको लागि सहजीकरण गर्दै विभिन्न तीनवटा उपायहरु दिएको थियो । साथै चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत क्यापिटल मर्चेन्टकै लागि राष्ट्र बैंकले समस्याग्रस्त संस्था मर्जर तथा एक्विजिशन गर्ने संस्थाको लागि करछुट लगायतको सुविधा समेत दिएको थियो ।

तर, कुनै पनि उपायबाट नयाँ संचालकहरुले संचालन गर्न नसकेपछि पुरानो म्याण्डेट अनुरुपनै खारेजीमा लैजान लागिएको नेपाल राष्ट्र बैंक फाइनान्स कम्पनी नियमन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले जानकारी दिएका छन।

उनले भने(‘हामीले नयाँ संचालक भित्रिएपछि पनि धेरै सुविधाहरु दिएर संचालनमा ल्याउनका लागि पटक पटक ताकेका गर्यौ। कुनै पनि उपायबाट संचालनमा ल्याउन नसकेपछि अबको अन्तिम विकल्प भनेको खारेजीमा लैजाने नै हो ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मर्जर तथा एक्विजिशनमा जादा कर छुट लगायतका सुविधा दिएसँगै भदौं महिनामा प्रभु बैंकसँग एक्विजिशनमा जान सैद्धान्तिक सहमति गरेको थियो । उक्त समयमा पुस मसान्तभित्रै मर्जर तथा एक्विजिशन प्रक्रिया टुङ्ग्याउने भनिएको थियो ।

तर, प्रभु बैंकसँग मर्जर तथा एक्विजिशन प्रक्रियासमेत रोकिएको क्यापिटल मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत रविन्द्र खनालले जानकारी दिएका छन । ‘तत्कालीन समयमा प्रभु बैंकले ऋणीहरुसँगको समस्या समाधान भएमात्रै लिन्छु भनेर सहमति भएको थियो। प्रभुको सर्त अनुसार हामीले ऋणीसँगको समस्या समाधान गर्न सकेनौं । त्यसले प्रभुसँग जाने प्रक्रिया स्थगित भएको छ ।’ उनले भने।

खनालका अनुसार क्यापिटल मर्चेन्ट अहिले २ अर्ब रुपैयाँ घाटामा छ । ऋणीसँग सावा र ब्याज गरी करिव ४ अर्ब रुपैयाँ असुली गर्नुपर्ने भएपनि उक्त पैसा नउठ्ने देखिएको छ । तत्कालीन समयमा क्यापिटल मर्चेन्टका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले नक्कली ऋणी खडागरी कर्जा अपचलन गरेका कारण अहिले उक्त कर्जा असुलीमा समस्या भएको नयाँ सञ्चालन समितिको भनाइ रहेको छ ।

हाल उक्त संस्थामा धितोको रुपमा नगरकोट, छम्पी, चाँगुनारायण, डुकुछापको काम नलाग्ने भिरालो र डाडोको गरी कुल ५९४ रोपनी जग्गा छ ।

तत्कालीन समयमा पाण्डे र थापा समुहले उक्त जग्गा बिक्रीवापत ठूलो रकम आउने र आफुले थप लगानी गर्न नपर्ने देखेपछि संस्था खरिद गरेका थिए । तर, राष्ट्र बैंकले समस्याग्रस्तबाट बाहिर नआएसम्म जग्गा बिक्री गर्न नपाउने व्यवस्था गरिदिएसँगै उक्त समुहले संस्थालाई समस्याग्रस्तबाट बाहिर ल्याउनका लागि लगानी जुटाउन सकेको छैन ।

तत्कालीन समयमा पाण्डे थापा लगायतका समुहले पुराना लगानीकर्तासँग उक्त संस्थाको सेयर प्रतिकित्ता २२ रुपैयाँमा खरिद गरेका थिए ।

प्रभुसँग एक्विजिशनमा जान सैद्धान्तिक सहमति गरेसँगै क्यापिटल मर्चेन्टले उक्त रकम असुलीका लागि गजुरमुखी कन्ट्रक्सनलाई १ अर्ब ८६ करोड रुपैयाँमा ऋणीको जग्गा फुकुवा गरेर बिक्री गर्नका लागि सम्झौता गरेको थियो । तर, उक्त संस्थाले पनि सो कार्य गर्न नसक्ने भन्दै बाहिरिएको छ । साथै करिव १ महिना अघि ऋणीसँगको सहमतिमा धितोमा रहेको जग्गा फुकुवा गर्न विशिष्टिकृत सहकारी संघले क्यापिटक मर्चेन्टलाई १ अर्ब ६० करोड रुपैयाँ बुझाउने गरी सहमति भएको थियो। तर, सो विषय सम्झौतापश्चात पनि संस्था सुधारको सम्बन्धमा कुनै प्रतिक्रिया नआएको राष्ट्र बैंक फाइनान्स कम्पनी नियमन विभागका कार्यकारी निर्देशक भण्डारीले बताएका छन ।

यता क्यापिटल मचेन्टका सीईओ खनालले भने हाल ऋणीहरुसँग १५ करोड रुपैयाँ असुली गरिएको र हाल देखिएको तरलता अभावजस्ता कारणले गर्दा थप रकम असुलीमा समस्या आएको जानकारी दिएका छन् । तर, सो सम्बन्धमा आफुहरुले ताकेता गरिरहेको र माघ महिनासम्म केही सुधार हुने समेत उनले जानकारी दिएका छन । उनका अनुसार संस्थाले ऋणीहरुसँग साँवा र ब्याज गरी करिव ४ अर्ब रुपैयाँ उठाउनुपर्ने छ । तर उक्त रकम कुनै पनि आधारमा नउठ्ने देखिएपछि विशिष्टिकृत सहकारीलाई १ अर्ब ६० करोड रुपैयाँमा जिम्मा लगाइएको छ । सोही अनुरुप उक्त संस्थाले १ अर्ब ६० करोड रुपैयाँ दिएमा संस्थामा धितो वापत रहेको ५९४ रोपनी जग्गानै फुकुवा गरेर बिक्री गर्न पाउने सहमति भएको थियो । तर, संस्था भने हाल २ अर्ब रुपैयाँ नोक्सानीमा रहेको छ । जसमध्ये संस्थाको चुक्ता पुँजीनै साँढे
९३ करोड रुपैयाँ छ भने सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको साँवा र ब्याज गरी १ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । नयाँ लगानीकर्ता समुहले २०७५ सालमा क्यापिटल मर्चेन्टको संस्थापकतर्फका ७० प्रतिशत सेयर खरिद गरेका थिए ।
प्ष्कजयच
प्ष्कजयच क्जबचmब
उक्त कम्पनीमा सबैभन्दा बढी लगानी प्रवलजंग पाण्डे र चिरञ्जीवी थापा समुहको रहेको छ । त्यसैगरी म्यानपावर व्यवसायी तिलक रानाभाट, गुरु तिमिल्सिना, होमप्रसाद निरौला लगायतको पनि लगानी रहेको छ । सुरुवाती समयमा नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष भवानी राणाको नेतृत्वमा उक्त संस्थालाई नयाँ लगानीकर्ताले खरिद गरेको बताईएको थियो । तर अहिले भने राणाले आफु उक्त संस्थामा नरहेको बताएकी छिन् ।

IME Life
kumari