citizens life insurance long ad
stcnepal long ad

अफगानिस्तान अपराधी सरकारलाई नेपालको सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अफगानिस्तानको तालीवान अपराधी सरकारलाई सहयोग गर्न सहायता सामग्री बोकेर नेपालको परराष्ट्र मन्त्रालयको एक टोली अफगानिस्तान प्रस्थान गरेको छ ।

आज माघ २ गते आइतबार परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानिस्तानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ ।

अफगानिस्तानमा गत अगष्टमा तालिवानले आफ्नो हातमा सत्ता लिएपछि त्यहाँ आर्थिक तथा मानविय संकट उत्पन्न भएको छ । अफगानिस्तानमा हाल खाद्यान्नको अभाव हुनुका साथै लाखौँ बालबालिकालाई कुषोषण हुन थालेको छ ।

संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई अफगानिस्तानमा सहायता सामग्री पठाउन अनुरोध गरेसँगै नेपालमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रहरुको अग्रसरतामा सहायता सामग्री पठाइएको छ ।

टोलीमा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिका साथै पत्रकारहरु समेतको सहभागिता रहेको छ ।

टोली अफगानिस्तान प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा। नारायण खड्काले संयुक्त राष्ट्रसंघले दिएको सूची अनुसार औषधी, घरायसी सामग्री र लत्ता कपडाहरु लिएर नेपाली टोली कावुल जाँदै गरेको बताएका छन ।

करिब १४ टन बराबरको सामान सहायताका लागि अफगानिस्तान पठाइएको छ । यसमा संयुक्त राष्ट्रसंघले दिएको लिष्ट जहाँ औषधी उपचारको लागि औषधीमुलो र साथसाथै घरायसी सामानहरु र लत्ता कपडाहरुका सामानहरु हामीलाई संयुक्त राष्ट्रसंघले यस अनुसार प्रदान गर्नका लागि अनुरोध गरेको थियो । त्यस अनुसार सामानहरु लादै छौँ ।’ मन्त्री डा। खडकाले भने।

परराष्ट्र मन्त्री खड्काले विश्वका जुनकुनै कुनामा रहेका जनताहरुलाई अप्ठ्यारो पर्दा नेपालले मानविय सहयोग पुरयाउन सामर्थ राख्ने बताएका छन ।

अफगानिस्तानी जनतालाई सहयोग गरेसँगै नेपालको छवि र प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा बढ्ने विश्वास उनले व्यक्त गर्दै भने, ‘हामी अब विश्व समुदायलाई देखाउने सामर्थ पनि छौँ । हामीसँग त्यो क्षमता छ । र हामीहरु पनि विश्वका जनताहरु जहाँसुकै , कुनै कुनामा भएपनि संकटमा पर्दाखेरी मानविय सहयोग पुरयाउनका लागि त्यो सामर्थ नेपालले राख्छ भन्ने एउटा उदाहरण पेश गर्नका लागि पनि आजको यो प्रयास हो ।

यसले नेपालको छवि र प्रतिष्ठालाई पनि अन्तर्राष्ट्रिय जगतमा बढाउने छ भन्ने मैले विश्वास लिएको छु । यो ऐतिहासिक प्रयास पनि हो ।’

नेपाली टोली हिमालय एयरलाइन्सको जहाजबाट प्रस्थान गरेको छ । सहायता सामग्री काबुलस्थित संयुक्त राष्ट्रसंघको प्रतिनिधिलाई हस्तान्तरण गरेसँगै टोली आजै आइतबार नै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

IME Life
kumari