stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेयरको नामसारी र अंशबण्डा कसरी गर्ने ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रथामिक सेयरमा आकर्षण बढेसँगै अहिले करिव ४८ लाख डिम्याट खाता खुलेका छन्। सेयर बजारमा सहभागितासँगै नामसारीको कार्य पनि बढ्दो छ। अन्य सम्पत्ति जस्तै सेयरको पनि एकाघरभित्र अंशबन्डा तथा मृत्यु नामसारी पनि हुने गर्दछ।

सेयरको अंशबन्डा तथा मृत्यु नामसारी गर्नुपर्दा सबैभन्दा पहिले हकवालाले आफ्नो वडाबाट मृत्युदर्ता र नाता प्रमाणितको प्रमाणपत्र ल्याउनुपर्छ। यसका लागि मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, मृतक र हकवालाको नागारिकताको प्रमाणित प्रतिलिपि, नाता प्रमाणितको प्रमाणपत्र, अन्य हकवाला भएको खण्डमा मन्जुरीनामा आवश्यक हुन्छ।

यस्ता प्रमाणपत्रहरुको दुईरदुई प्रति प्रतिलिपि आवश्यक हुन्छ। जसमा एउटा प्रति निक्षेप सदस्यले राख्ने र अर्को प्रति सीडीएससीमा राख्नुपर्ने हुुन्छ।

यदि मृतकको नाममा रहेको सेयर डिम्याट भएको छैन भने यी सम्पूर्ण कागजपत्र सम्बन्धित कम्पनीको सेयर रजिस्ट्रारमा समेत पेस गर्नुपर्ने हुन्छ।

मृत्यु नामसारीको हकमा सीडीएससीले आफ्नो वेबसाइटमा ३५ दिने सूचना राख्नुपर्ने हुन्छ। सो अवधिमा कुनै हकदावी नभएमा मात्रै सेयर हस्तान्तणको प्रक्रिया अगाडि बढ्छ। सेयर अंशबन्डाको हकमा सेयर नामसारी गर्न लिने र दिने दुवैले सीडीएससीमा निवेदन दिनुपर्छ।

तीनपुस्तेभित्रको परिवार देखिने कागजपत्र, सेयर लिने र दिने दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सेयरको सक्कल प्रमाणपत्र तथा सेयर लिने र दिनेको नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ।

यसरी सम्पूर्ण कागज भएको एक सातामा हकवालाको नाममा सेयर हस्तान्तरण हुन्छ। यसरी सेयर हस्तान्तरण गर्दा सेयरको अंकित मूल्यको ०.५ प्रतिशत दस्तुर लाग्दछ।

prabhu mahalaxmi
kumari