stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

के तरलता सहज हुँदै गएको संकेत देखिएको हो ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको गत आइतबारको तथ्यांक अनुसार बैंकहरुको औसत सीडी रेसियो अहिले ८९.३७ प्रतिशतमा झरेको छ। मौद्रिक नीतिमा सीसीडी रेसियोलाई सीडी कायम हुँदा चालु आर्थिक वर्षमा आयात बढ्नुका साथै सरकारले पुँजीगत खर्च नहुँदा तरलता चाप बढेको थियो।

तरलता संकटको प्रत्यक्ष प्रभाव वित्तीय क्षेत्र, पुँजी बजारका साथै व्यवसायीहरुमा परेको छ। व्यवसायी, बैंकर तथा लगानीकर्ताहरूले बारम्बार विभिन्न फोरममा तरलता संकटको कारण आफूहरु मर्कामा परेको बताउँदै आएका छन्।

तर केही दिनयता भने तरलता केही सहज भएको देखिन्छ। गत पुस २६ गते सोमबार बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारण सभामा अर्थ मन्त्री जनार्दन शर्माले तरलताको समस्या भएको स्वीकार्दै माघ महिनाभित्र तरलताको समस्या समाधान हुने बताएका थिए।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्ट अहिले तरलता केही सहज हुनमा प्रमुख दुई कारण रहेको बताएका थिए। जसमा ‘राष्ट्र बैंकले उपलब्ध गराएको पुनर्कर्जाका साथै स्थानीय तहको रकमलाई ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दिने भन्ने सरकारको निर्णयले अहिले प्रणालीमा निक्षेप बढ्नुका साथै तरलता सहज भएको छ’, उनको तर्क थियो।

नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवाली माघसम्म तरलता ठीकठाक ठाउँमा आउने बताउँछन्। ‘९१।३१ प्रतिशत पुगेको सीडी रेसियो घटेर ९० प्रतिशतभन्दा तल आएको छ, बैंकहरु निक्षेप पनि बढ्दैछ। त्यसैले बैंकिङ प्रणालीमा अहिले तरलता केही सहज भएको छ।’ उनले भनेका छन।

‘तरलता पहिलाभन्दा आक्रान्तबाट सहज अवस्थामा पुगे पनि तत्काल लोन दिन सक्ने गरी सहज हुने देखिँदैन। सरकारको बजेट खर्च, रेमिट्यान्स, लकडाउनले पनि तरलतामा असर गर्छ।’ ज्ञवाली भन्छन।पहिलोदेखि दोस्रो त्रैमासमा सबै किसिमको ब्याजदर बढेकाले बेसरेट पनि बढ्ने ज्ञवालीको तर्क छ।

 

prabhu mahalaxmi
kumari