citizens life insurance long ad
stcnepal long ad

स्वास्थ्य मापदण्ड पालना गर्दै विभिन्न १० वटा देशबाट नियमित उडान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विभिन्न १० वटा देशबाट त्रिभुवन विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । कुवेत, मलेसिया, कतार, दुबई, साउदी, चीन, टर्की, श्रीलङ्का, भारत र सिङ्गापुरबाट नियमित उडान हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका लागि २० वटा वायुसेवा कम्पनीले ३० वटा गन्तव्यमा उडान गर्दे आए पनि हाल १० देशबाट नियमित उडान गर्दै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको दर वृद्धि हुँदै गए पनि स्वास्थ्य मापदण्ड पालना गराएर आवागमनलाई निरन्तरता दिँदै आएको छ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय उडान भर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेबिया, एयर चाइना, एयर इण्डिया, बङ्गलादेश एयरलाइन्स, क्याथे ड्रागोन, जजिरा एयरवे, कोरियन एयर, मलिण्डो एयर, नेपाल एयरलाइन्स, कतार एयरलाइन्स, सलाम एयर, चाइना इष्ट्रन, सिचुवान एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्स, सिल्क एयर, फ्लाई दुबाई, थाई एयरलाइन्स, हिमालयन एयरलाइन्स र टर्किस एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएको विमानस्थलको तथ्याङ्क छ ।

अफ्रिकी मुलुकमा देखा परेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन युरोप र एसियाका मुलुकमा फैलिँदै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनालाई कडाइ गर्न सुरु गरेको छ । यसअघि अध्यागमन विभागले अमेरिका र बेलायतलगायत ६७ मुलुकबाट आउनेलाई अनिवार्य आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय २४ घण्टा नपुग्दै फिर्ता गरेको छ ।

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि जोखिमयुक्त मुलुकको पहिचान गरेर विमानस्थलमा कडाइका साथ स्वास्थ्य जाँच गरेर मात्र प्रवेश दिनुपर्ने सुझाव दिइसकेको छ ।

IME Life
kumari