citizens life insurance long ad
stcnepal long ad

टोखामा ध्यू चाकु बनाउन भ्याइनभ्याई

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ। काठमाडौं जिल्लाको उत्तरी क्षेत्रमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो ।

उखुको रसबाट सख्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने नेपालीहरूको पुरानो संस्कार हो।

माघे सन्क्राती नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन,उनीहरूलाई चाकु बनाउन भ्याइनभ्याई छ ।

टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उधोग रहेका छन। वर्षको दुई महिना मंसिर र पुसमा तीन सय देखि चार सय जनाले यी चाकु बनाउने उद्योगमा रोजगारी पाउने गर्दछन ।

यी उधोग मध्ये एउटा उद्योगबाट वर्षमा एक लाख ६५ किलोसम्म चाकुउत्पादन गरि बेच्ने गरेका छन। एक महिनामा तीन देखि चार लाखसम्म आम्दानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताएका छन ।

एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँ सम्म पर्दछ । खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलोको १८० रुपैयाँ पर्ने उनी बताउँछन ।

IME Life
kumari