मुनाफा बुक गर्दा सेयर बजार ३०.७५ अंकले करेक्सन
काठमाडौं । लगातार चार दिनदेखि बढेको सेयर बजारमा पुस २१ गते बुधबार दोहोरो अंकको करेक्सन आएको छ। सेयर बजारमा हिजो ३०.७५ अंकको करेक्सन आएको थियो ।
योसँगै नेप्से परिसूचक २६४९.२० विन्दुमा ओर्लेको थियो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.६८ अंकले घटेर ४९७.०३ को विन्दुमा झरेको थियो। कारोबार रकम साढे ४ अर्ब रुपैयाँ बढीको भएको थियो।
हिजो नेप्से उपसमूहमा रहेका १३ वटामा २ वटामात्रै हरियाली छाएको थियो भने ११ वटामा रातो पोतिएको थियो। हिजो जलविद्युत समूह ०.४९ प्रतिशतले बढ्दा वित्त समूह ०.१ प्रतिशतले उकालो लागेको थियो।
हिजो पुस २१ गते होटेल तथा पर्यटन समूह सर्वाधिक २.२१ प्रतिशतले ओरालो लागेको थियो। लघुवित्त समूह २.१ प्रतिशतले घटेको थियो। यसैगरि बैंकिङ समूहमा १.५२ प्रतिशत, व्यापार समूहमा १.७४ प्रतिशत, विकास बैंक समूहमा १.७१ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७२ प्रतिशत, अन्य समूहमा ०.१६ प्रतिशत, जीवन बीमा समूहमा ०.३८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९६ प्रतिशत र लगानी समूहमा १.५४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु:
पुस २१ गते नेप्सेमा सूचीकृतमध्ये २३६ कम्पनीका ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँमा किनबेच भएका छन्।
हिजो शिवम् सिमेन्टको सर्वाधिक १८ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको थियो। अपी पावरको १६ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यो दिन अप्पर तामाकोशीको १४ करोड ३५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ७ लाख रुपैयाँ,
एचआईडीसीएलको १० करोड ६५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड १४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड ८४ लाख रुपैयाँ, नबिल बैंकको ८ करोड ४३ लाख रुपैयाँ, एनटीसीको ७ करोड ८३ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको ७ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।
धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू :
पुस २१ गते मध्य भोटेकोशी जलविद्युतका सेयरधनीहरु मालामाल भएका थिए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको थियो। हिजो विजय लघुवित्तका सेयरधनीहरुले धेरै गुमाएका थिए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको थियो।


























