citizens life insurance long ad
stcnepal long ad

दुधको मूल्य बढाउन बोर्डको प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डको १० औं बैठकले दुध उत्पादनको लागत मुल्य बढीरहेको सन्दर्भ र लामो समयसम्म पनि उत्पादित दुधको मुल्य परिमार्जन नभएको भन्दै हिजो पुस २१ गते प्रदेश दुग्ध विकास बोर्डको बैठकवाट दुधको मुल्यमा कम्तिमा किसानले प्रति लिटर रु. १० थप प्राप्त गर्ने गरी मुल्य वृद्धि गर्न संघीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

साथै आगामी १५ दिन भित्रमा दूधको मुल्य परिमार्जन नभएको खण्डमा पुनस् बोर्डको बैठक बसी बागमती प्रदेश भित्र दुधको मुल्य परिमार्जन गर्न आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।

किसानले प्रति लिटर १० रूपैयाँ बढी पाउने गरि मूल्य बृद्वि भयो भने उपभोक्ताले एक पाउण्ड दुधमा थप १० रूपैयाँ बढी मूल्य तिर्नु पर्ने हुन्छ।

 

IME Life
kumari