citizens life insurance long ad
stcnepal long ad

सानो भर्याङ यातायात कार्यालयका ११ दलाल समातिए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिका वडा न. १५ मा रहेको यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट हिजो ३ बजे ११ जना विचौलियालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी बृत स्वयम्भूमा राखेको बुझिन आएको छ। कर्मचारीको मिलेमतोमा सेवाग्राहीलाई छिटो सेवा दिने भन्दै बिचौलिया सकृय हुँदै आएका छन।

प्रहरीले पक्राउ गरेका बिचौलियामा ताप्ली गाउँपालिका(२ उदयपुर घर भएका २४ वर्षीय अजय मगर, राजघाट गाउँपालिक–७ घर भएका २४ वर्षीय हेमबहादुर मगर, तापाश्री गाउँपालिका–९ घर भएका २७ वर्षीय सुरज मगर, जानकी गाउँपालिका–३ सर्लाही घर भएका १९ वर्षीय साजन मगर,
चन्द्रनिगाहपुर नगरपालिका–१ रौतहट घर भएका ३३ वर्षीय विश्वबल्लभ लामा, भरतपोखरी गाउँपालिका– कास्की घर भएका २४ वर्षीय सृजन थापा, चन्द्रनिगाहपुर बस्‍ने २४ वर्षीय सुवास योञ्जन लामा,लमजुङ घर भएका ३२ वर्षीय मेघराज गुरूङ, बाँके घर भएका १९ वर्षीय सुशान गिरी,
काठमाडौंको नागार्जुन घर भएका २८ वर्षीय लक्ष्मण सुनुवार र रामेछाप घर भएका ३२ वर्षीय विज्ञान सुनुवार रहेका छन।

IME Life
kumari