नौ जिल्लामा सीडीओको सरुवा
काठमाडौं । गृह मन्त्रालयले नौ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको हिजो सरुवा गरेर आगामी चुनावका लागि आफ्नो अनुकुल प्रशासन बनाएको छ । मन्त्रालयले सुर्खेत, झापा, बागलुङ, बझाङ, बाजुरा, ओखलढुंगा, इलाम , दार्चुला, रुकुम पश्चिम लगायतका जिल्लाका प्रजिअ हेरफेर गरेका छ ।
जिल्ला प्रशासन कार्यालय झापामा छवि रिजाललाई पठाइएको छ। झापामा सरुवा हुन राजेश्वर ज्ञवालीले चाहाना राखेका भएपनि रिजालले बाजि मारेका छन।
यसैगरि सुर्खेतमा खगेन्द्र रिजाल, बागलुङमा रमेश ढकाल, बझाङमा बाबुराम अर्याल र उपेन्द्र पौडेललाई बाजुराको सीडीओमा पठाइएको छ । उनी इलाका प्रशासन कार्यालय बुटवलमा थिए ।
त्यसैगरी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने दार्चुलाका सिद्धराज जोशीको गृह मन्त्रालयमा तानिएका छन् ।
ओखलढुङ्गाको प्रजिअमा दिलकुमार तामाङ, रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानाको सरुवा भएको गृह स्रोतले बताएको छ ।


























