citizens life insurance long ad
stcnepal long ad

सेयर बजारमा सुधारको स्पष्ट संकेत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र कारोबार हुने सातोको दोस्रो दिन हिजो पुस २० गते सोमबार पनि सेयर बजार उकालो लागेको थियो। हिजो पनि बजार ३२.०३ अंकले उकालो लागेको थियो।

यो सँगै नेप्से परिसूचक २६१६.९४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८६ अंकले बढेर ४८७.८७ को विन्दुमा पुगेको छ। हिजो साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो।

लगानीकर्ताहरू बजारमा अब दुःखका दिन सकिएको बताउँछन्। ‘४–१२ बाट लगानीकर्तामा उत्पन्न समस्या पनि सेटलमेन्ट भइसकेको उनीहरूको बुझाइ छ।

अहिले पनि बैंक तथा वित्तीय संस्थाहरुको ४८ खर्ब रुपैयाँ निक्षेप रहेको उल्लेख गरेका छन। सेयर बजार कर्जाले मात्र नभएर स्वपुँजीले पनि चल्छ भन्ने कुरा पछिल्ला दिनका कारोबारहरुले प्रस्ट पारिसकेको छ। सबैतिर सकारात्मक महौल बन्दै गएको छ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले तरलता सहज बनाउन ल्याएका पछिल्ला नीतिहरुले पनि लगानीकर्ताको मनोबल बढेको देखिन्छ। लगानीकर्ताको सहभागिता पनि बढ्दै गएकोले अब बजार सकारात्मक नै स्पष्ट संकेत देखिदै गएको छ।

पुँजी बजारका लगानीकर्ताहरू पनि हाल पुस मसान्तको प्रभाव सकिएको बताउछन। गत वर्ष पनि यही समयमा सेयर बजार बढेको उल्लेख थियो।सरकारले पुँजीगत लगानी बढाउँदै जाँदा तरलता पनि सहज बन्दै गएकोले लगानीकर्तामा आत्मविश्वास बढेको छ।

अब नकारात्मक समाचारहरु नआउने हुँदा सबैतिरको महौल सकारात्मक बनेका कारण सेयर बजारमा अहिले चमक आइरहेको धेरैको बुझाइ छ।

हिजो नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा हरियाली छाएको थियो भने एउटामा मात्रै रातो पोतिएको थियो। हिजो व्यापार समूह सर्वाधिक ७.०४ प्रतिशतले उकालो लागेको थियो। लघुवित्त समूह २.८८ प्रतिशतले बढेको थियो ।

हिजो बैंकिङ समूहमा १.४६ प्रतिशत, विकास बैंक समूहमा १.६८ प्रतिशत, वित्त समूहमा २.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७६ प्रतिशत, जलविद्युत समूहमा ०.३६ प्रतिशत, लगानी समूहमा १.८६ प्रतिशत, जीवन बीमा समूहमा ०.६४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२ प्रतिशत, निर्जीव बीमा समूहमा ०।५१ प्रतिशत र अन्य समूहमा ०.१७ प्रतिशतको बढोत्तरी भएको थियो। हिजो उत्पादन तथा प्रशोधन समूहमा ०.०३ प्रतिशतको गिरावट आएको थियो।

धेरै कारोबार गर्ने कम्पनीहरु

हिजो नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनी ८२ लाख ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँमा किनबेच भएका थिए।

हिजो पहिला धेरै कारोबार हिमालयन डिस्टिलरीको सर्वाधिक २८ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको थियो। दोस्रो बढी अपी पावरको १८ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । हिजो शिवम सिमेन्टको १६ करोड २६ लाख रुपैयाँ, नबिल बैंकको १४ करोड ९३ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १२ करोड ४८ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड ५४ लाख रुपैयाँ, नागरिक लगानी कोषको ८ करोड ९९ लाख रुपैयाँ, मेगा बैंकको ८ करोड १४ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको ७ करोड ९३ लाख रुपैयाँ र अप्पर तामाकोशीको ७ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको थियो।

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू

हिजो मध्य भोटेकोशीको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको थियो। यसैगरि हिजो गुराँस लघुवित्त संस्थाको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको थियो।

हिजो रुरु जलविद्युतका सेयरधनीहरुले धेरै गुमाएका थिए। यो कम्पनीको सेयरभाउमा झन्डै ३ प्रतिशतको गिरावट आएको थियो। किशोर शर्माबाट

IME Life
kumari