citizens life insurance long ad
stcnepal long ad

सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा आज, कुल १३.३७ प्रतिशत सेयरधनीलाई लाभांश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सोमबार पुस १९ गते सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६७ प्रतिशत नगद गरी कुल १३.३७ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ ।

बोनस सेयर जारी गरेपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।

यस्तै, संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले हाल संस्थापक समूहको हिस्सा ६०प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४०प्रतिशत रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारण हिस्सा ४९ प्रतिशत बनाउन लागेको हो । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे बस्नेछ ।

सभामा भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सकिनेछ । सभा प्रयोजनका लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गरिएको छ । पुस ८ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

IME Life
kumari