citizens life insurance long ad
stcnepal long ad

एनआरएनएको अधिवेशनको अन्यौलता कायमै

Nimb long ad
Prabhu Insurance Long Ad

लन्डन। गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले संघको सचिवालयले प्रकाशित गरेको महाधिवेशन प्रतिनिधि सूचीको आधारमा निर्वाचन हुन नसक्ने जनाएका छन् ।

सहमतिका आधारमा समस्या समाधान गरी नेतृत्व चयन गर्न गठित उच्चस्तरीय समितिका संयोजक पनि रहेका पण्डितले सचिवालयले प्रकाशित गरेको प्रतिनिधि सूचीमा थुप्रै अनियमितताहरु भएको भन्दै उजुरी परेको र ती सबै उजुरीहरुबारे अध्ययन गर्न समितिलाई थप समय चाहिने बताएका छन ।

कतिपय देशमा वार्षिक साधारण सभा भई सकेपछि पनि नयाँ सदस्य बनाइ त्यसैको आधारमा प्रतिनिधि संख्या थप गरिएको भन्ने उजुरीहरु परेका छन् । कतिपय देशमा सदस्य नै नबनाई यति सदस्य बन्छन् भनि अन्दाजी र फर्जी नाम दर्ता गरिएको र पछि ती नाम हटाएर अरु नाम थप गरीएको भन्ने जस्ता उजुरी परेका छन् ।

तर यस्ता गम्भीर विषयमा पण्डित संयोजक रहेको तीन सदस्यीय समितिले छानविन र क्रस भेरिफिकेशन नै गर्न सकेको छैन ।

संरक्षक परिषद् र अध्यक्ष कुमार पन्तले सहकार्य गरी अहिलेको विवाद समाधान गर्नुपर्छ भन्ने छानवीन समितिको धारणा रहेको छ ।

त्यसको लागि उपयुक्त वातावरण तयार गर्न समिति लागि रहेको छ । गत अक्टोबर महिनामा तोकिएको संघको दशौँ महाधिवेशन तथा निर्वाचन अनिश्चितकाल सम्मका लागि स्थगित गरिएको छ ।

विवाद विधान संशोधनमा

गत जनवरी २०२१ मा सम्पन्न विशेष महाधिवेशनमा नवौं महाधिवेशनले दिएको म्याण्डेट विपरीत विधान संशोधन प्रस्ताव नेतृत्व र सीमित पदाधिकारीले जबरजस्ती पारित भएको घोषणा गरेपछि संघमा विवाद चुलिएको थियो ।

संघको नेतृत्वले विधान संशोधनलाई आफूखुसी तय गर्दै भर्चुअल महाधिवेशनमा पेश गर्ने र सीमित व्यक्तिहरुको सहमतिमा पारित भएको घोषणा गरेपछि संघ स्पष्ट रुपमा दुई धारमा विभाजित भएको थियो ।

संघकै केही पदाधिकारी र सदस्यहरुले उतिबेला परराष्ट्र मन्त्रालयमा विधान विपरितका एजेण्डा विशेष महाधिवेशनमा समावेश गर्न खोजिएको भन्दै उजुरी गरेका थिए । परराष्ट्रको चेतावनीपछि मात्रै सहमतिका लागि प्रयास गरेको नेतृत्वले सहमतिका नाममा उल्टै झुक्याउने काम गरेको असन्तुष्ट पक्षको गुनासो रहदै आएको छ ।

संघका सल्लाहकार कुल आचार्यको पहलमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच संवाद भएपनि केही पदाधिकारीले विधानका संशोधित केही प्रावधानलाई आफूखुसी व्याख्या गर्दै ‘सर्कुलर’ जारी गरेपछि विवाद निरन्तर रहिरहेको छ ।

विधानमा अप्राकृतिक प्रावधान

संशोधित विधानमा समावेश गरिएको महाधिवेशन प्रतिनिधि चयनको विषय सबैभन्दा बढी पेचिलो बनेको छ । विधानमा ६५ प्रतिशत, २५ प्रतिशत र १० प्रतिशत गरी कूल महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रावधान राखिएको छ ।

६५ प्रतिशत प्रतिनिधि निवर्तमान एनसीसीले अधिवेशन पूर्व नै मनोनित गर्ने, २५ प्रतिशत प्रतिनिधि एनसीसी निर्वाचनसँगै निर्वाचित गर्ने र दश प्रतिशत प्रतिनिधि निर्वाचित एनसीसीले मनोनयन गर्ने प्रावधान राखिएको छ ।

गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को दफा २१.७ मा “अन्तरराष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया शुरु भए पछि अन्तर्राष्ट्रिय समन्वय परिषदले निर्वाचनमा प्रभाव पर्ने गरी कुनै नियमावलीहरु परिवर्तित वा परिमार्जन गर्न पाइने छैन” भन्ने उल्लेख गरिएको छ।

तर आइसीसीको १७ जुलाई २०२१ मा बसेको बैठकले राष्ट्रिय समन्वय परिषदहरुको चुनाव शुरु भै सके पछि १७ वटा नियमावली परिवर्तन गर्‍यो ।

बहुमत प्रतिनिधि पुरानो कार्य समितिले चयन गर्ने प्रावधान संभवतस् अन्य कुनै संस्थामा छैन । त्यस्तै, नवनिर्वाचित एनसीसीहरुले प्रक्रिया पुर्याएर गरिएको २५ प्रतिशत सिफारिस पनि कामचलाउ नेतृत्वले स्वीकार गरेको छैन ।

खासगरी पन्जीकृत सदस्य संख्या बढी भएका एनसीसीहरुबाट महाधिवेशन प्रतिनिधि संख्या पनि बढी हुने भएकाले त्यस्ता एनसीसीहरुको सिफारिस वर्तमान नेतृत्वले स्वीकार नगरेको हो ।

एमआइएस प्रणालीकै दुरुपयोग

एनसीसीहरुको निर्वाचन र आइसीसीको निर्वाचनको सबैभन्दा पेचिलो र विवादित विषय हो, एमआइएस सिस्टम । संघले यसपटकदेखि सबै एनसीसीमा सदस्यताका लागि यो सिस्टम लागू गरेको थियो । सदस्यता सूचना प्रणाली (मेम्बरसिप इन्फरमेशन सिस्टम, एमआइएस) कै कारण अधिकांश एनसीसीमा विवाद देखियो ।

एनसीसी पिच्छे भिन्न भिन्न प्रावधान राखिनुले पनि यो विवादित बनेको छ । अमेरिकाले आफ्नै सिस्टम चलाइरहेका बेला यूरोपसहित अन्य क्षेत्रमा यो अनिवार्य मात्रै गरिएन, क्षेत्र अनुसार मापदण्ड पनि फरक पारियो ।

कतै सेल्फी अनिवार्य गरियो त कतै भिसा अनिवार्य गरियो । संघको विधानमा नै नभएको सेल्फी र भिसालाई केही पदाधिकारीहरुले देश अनुसार अनिवार्य र खुकुलो पारिदिए । सदस्यता प्रमाणीकरणका क्रममा पनि फरक फरक मापदण्ड तय गरिएको छ ।

त्यही क्रममा प्रतिनिधि चयनमा पनि देखियो । कुनै एनसीसीमा संस्थापकहरुकै नाम सिस्टमबाट हटाइयो । कतिपय देशमा ३० जुलाई २०२१ पछि पनि सिस्टममा सदस्यहरुको नाम समावेश गरियो र आफू अनुकूल हुने गरी प्रतिनिधि चयन गरिएको छ ।

जापान लगायत संसार भरिबाट आएका उजुरीहरुलाई केन्द्रले समयमै सम्बोधन नगरेकाले विवाद परराष्ट्र मन्त्रालयसम्म पुगेको जानीफकारहरु बताउँछन् ।

IME Life
kumari