citizens life insurance long ad
stcnepal long ad

नेपालमा बस्ने चिनियाँहरू अपराध कर्ममा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा चिनियाँ नागरिकहरु भिजिट भिसामा आएर आपराधिक तथा अवैध गतिविधिमा संम्लग्न भएका घटना बढ्न थालेपछि सरकारले उनीहरुको नेपाल बसाइमा निगरानी बढाईकडाइ गर्ने भएको छ । गृह मन्त्रालयले निर्णय गर्दै उनीहरुले भिजिट भिसामा पाउने सुविधामा कडाइ गर्न लागेको स्रोतको भनाई छ ।

हाल सार्क राष्ट्रका नागरिकहरुलाई एक भिसा वर्षमा ३० दिन र चिनियाँ नागरिकहरुलाई १५० दिन अर्थात ५ महिना नेपाल सरकारले भिसा शुल्क लिने गरेको छैन । तर, चिनियाँ नागरिकहरुले उक्त अवधि सकिएपछि पनि भिजिट भिसा लिने गरेको र शुल्क नतिरी नेपालमा बस्ने गरेको पाइएको छ ।

सामान्यतया बौद्व धर्म र प्राकृतिक सुन्दरता भ्रमण गर्न आउने व्यक्तिहरुलाई ५ महिना पर्याप्त हुने भए पनि यसरी भिजिट भिसा थपेर बस्ने चिनियाँहरु भने आपराधिक गतिविधिमा लाग्ने गरेको पाइएको छ ।

पछिल्लो समय नेपालमा चिनियाँहरुले एटीएमबाट पैसा लुट्ने,बन्यजन्तु हाड छाला,रक्तचन्दन र डलर तस्करी तथा अन्य आपराधिक गतिविधि गर्ने गरेको नेपाल प्रहरी लगायत सुरक्षा निकायको तथ्यांक रहेको छ ।

गृह मन्त्रालयले यिनै घटनालाई ध्यानमा राख्दै अब भने चिनियाँ नागरिकहरुले ५ महिनाभन्दा बढी बस्दा शुल्क लिने प्रावधानमा कडाइ गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले यो प्रावधान पहिले रहेको र यसलाई कार्यान्वयनमा ध्यान दिन लागिएको जानकारी दिएका छन । चिनियाँ नागरिकको निरन्तर बसाइमा शुल्क लाग्ने व्यवस्था चिनियाँलाई मात्र नभई सबैलाई छ, यो लागू हुँदै आएको प्रावधान हो, यसमा अझै ध्यान दिन लागिएको छ ।

नेपालमा चिनियाँहरुको अपराध

चिनियाँ नागरिकहरु नेपालमा जनावरका अंग, लागुऔषध, डलरदेखि, एटीएमबाट रकम लुटपाटदेखि सुनसम्म तस्करीका घटनाहरुमा जोडिएका छन् । दुई वर्षअघि प्रहरीले गरेको एक अप्रेसनमा एकैपटक एक सय २२ जना चिनियाँ नागरिक ठमेल, हात्तिगौडा, टोखा र बौद्व एरियाबाट पक्राउ परी चिनियाँ पक्षलाई बुझाएको थियो । उनीहरुले नेपालमा बसेर अवैध अनलाइन गेमिङ र ठगीको काम गर्दै आएको खुलेको थियो ।

२०७६ सालमा पनि विभिन्न बैंकको एटीएम ह्याक गरेर करोडौं रकम लुटपाटमा संलग्न आरोपमा पनि चिनियाँ नागरिकहरु पक्राउ परेका थिए ।

गत ०७६ मंसिर १२ मा ८ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका थिए । हङकङ हुँदै उनीहरूले नेपालमा सुन तस्करीको प्रयास गरेका थिए ।

यस्तै गत ०७६ साउन २०मा चिनियाँ नागरिक ली निङ्सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार किलो सुनसहित पक्राउ परेका थिए । हङकङबाट कपडाको बेल्टमा लुकाएर उनले नेपालमा सुन भित्र्याउने प्रयास गरेका थिए ।

गत ०७५ चैत्र २७ मा तीन चिनियाँलाई करिब साढे तीन किलो सुन सहित विमानस्थल प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले मलद्वारमा लुकाएर सुन तस्करीको प्रयास गरेका थिए । गत ०७५ कार्तिक १२ मा अवैध रूपमा अमेरिकी डलर साटेर लैजाने क्रममा पटक–पटक चिनियाँ नागरिकहरू पक्राउ परेका थिए ।

एक लाख २२ हजार चार सय डलरसहित प्रहरीले एक चिनियाँलाई विमानस्थलमा पक्राउ गरेको थियो । नेपालबाट चीनमा डलर तस्करी गर्न खोज्ने क्रममा इरेसा नामक चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो ।

०७५ भदौ ४ मा समुद्री घोडा तथा बाघको छालासहित तीन चिनियाँ नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । काठमाडौं वान होटेलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङ ठमेलस्थित उनकै होटेलबाट पक्राउ परेका थिए ।

उनको साथबाट समुद्री घोडा ३०० ग्राम, यार्सागुम्बा ९० ग्राम, सुनाखरी ३३० ग्राम तथा विभिन्न जडीबुटी साढे ६ किलो बरामद भएको थियो । यसबाहेक पनि अन्य आपराधिक गतिविधिमा संलग्न थुप्रै चिनियाँ नागरिकहरु नेपालमा पक्राउ परेका छन् ।

निष्काशित हुनेमा चिनियाँ नागरिक धेरै

अध्यागमन विभागले बेलाबेलामा निकाल्ने तथ्यांक अनुसार नेपालबाट निष्काशित हुने विदेशीहरुमा चिनियाँ नागरिकहरु धेरै छन् । गत आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा साउनदेखि फागुन मसान्तसम्म विभागले १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको थियो । यीमध्ये चिनियाँ नागरिकहरु धेरै रहेको विभाग स्रोतको भनाइ छ ।

विभागका अनुसार पछिल्लो सात वर्षमा करिब १ हजार ५ सय जना चिनियाँलाई नेपालबाट निष्कासन गरिएको छ । हाल पनि करिब १ हजारको संंख्यामा चिनियाँ नेपालमा रहेको अनुमान छ ।

कारवाहीस्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागुऔषध लगायत कसूरका धेरै छन् । निष्कासित हुने विदेशी नागरिकलाई कसूरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको छ ।

‘भिसा अवधिभन्दा थप बस्नेलाई कडाइ’

सरकारले चिनियाँ पर्यटकलाई आकर्षण गर्ने नीतिअनुसार पाँच वर्षअघि निःशुल्क भिसाको व्यवस्था गरेको थियो । विभाग तथा मन्त्रालयले बेलाबेलामा चिनियाँ नागरिकहरुले यस्तो व्यवस्थाको चिनियाँ नागरिकहरुले दुरुपयोग गरेको निष्कर्ष निकाल्दै आएका छन् ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले चिनियाँसहित अन्य राष्ट्रका नागरिकलाई पनि निःशुल्क भिसा अवधिभन्दा बढी बसेमा शुल्क लिने प्रावधानलाई कडाइ गर्न थालिएको छ ।

एक भिसा वर्षमा सार्क राष्ट्रका नागरिकलाई ३० दिन र चिनियाँलाई १५० दिन निःशुल्क भिसा दिने व्यवस्था छ, त्यो अवधि सकिएपछि फेरि निःशुल्क भिजिट भिसा थप्न पाउने व्यवस्था छैन, तर त्यसो गरेको पाइएकाले विभागले कडाइ गर्न थालेको छ।

उदाहरणका लागि चिनियाँले १५० दिनको भिजिट अवधि सकिएपछि पुनः थप्दा अब त्यसको शुल्क लिने भएको छ।

IME Life
kumari