सिभिल बैंकले ११औं वार्षिक साधारण सभा पुस ३० गते
काठमाडौं । सिभिल बैंकले ११औं वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ । सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
भर्चुवल माध्यमबाट पनि सभामा सहभागी हुन सकिने बैंकले जनाएको छ । गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गरिदैंछ ।
सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा अघि सारिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्नेछ । पुस १९ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।






















