citizens life insurance long ad
stcnepal long ad

सरकार र राष्ट्र बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो

Nimb long ad
Prabhu Insurance Long Ad

विराटनगर । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय अन्तरक्रिया तथा कार्यक्रम प्रदेश १ बाट सुरु गरेको छ।

सो क्रममा नाफिजले प्रदेश १ का निजी क्षेत्रका संघ संगठनहरुसँग भेटघाट तथा छलफल गरेको छ। भेटघाट तथा छलफल कार्यक्रम अन्तरगत नाफिजले मोरङ व्यापार संघसँग छलफल कार्यक्रम सम्पन्न गरेको हो।

छलफलमा मोरङ व्यापार संघमा आवद्व व्यवसायीहरुले सरकार र राष्ट्र बैंकको नीतिले व्यापारी मारमा परेको गुनासो गरेका छन्।

छलफलमा व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा नगद प्रवाहमा समस्या भई व्यापार संकटमा परेको बताए।

बैंकले पैसा छैन भन्दै एलसी नखोल्ने, पास भइसकेको कर्जा नदिने, पुरानो कर्जाको ब्याजदर बढाएर भुक्तानीको लागि ताकेता लगाउँदा व्यापारीहरु हतोत्साहित भएको उनको भनाइ छ।

‘बैंकहरु राष्ट्र बैंकको कारवाहीको ब्याकमेल गर्दै कर्जाको ब्याजदर बढाइरहेका छन् भने सावाँ ब्याज भुक्तानीको लागी ताकेता लगाइरहेका छन्।

सरकार र राष्ट्र बैंकको नीतिले व्यापार व्यवसाय चौपट छ, बैंकले पैसा तिरेन भने राखेको धितो लिलामीको प्रक्रिया अघि बढाइ हाल्छन्’, मुन्दडाले भने।

नेपाल राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरी सीडी रेसियो लागू गरेपछि बैंकहरुमा तरलता समस्या भित्रिएको हुँदा सो नीतिलाई संसोधन तथा परिमार्जन गरी कार्यान्वयन गराइनु पर्ने मुन्दडाको माग छ।

‘राष्ट्र बैंकले नै तरलता संकुचन गर्ने नीति लागु गर्दा अहिले समस्याले उग्र रुप लिएको छ। यस्तो संकट हुन सक्छ भनेर हामीले राष्ट्र बैंकलाई तीन महिना अघि नै सचेत गराएका थियौँ तर गभर्नरले केही हुँदैन चिन्ता नलिनुस् समस्या भए हामी छौँ भन्नुभएको थियो’, उनले भने, ‘अहिले समस्याले उग्र रुप लियो तर उहाँहरु नीतिगत कडाइ गर्नै व्यस्त हुनुहुन्छ।’

बैंकहरुलाई २०७९ असार मसान्तसम्म ९० प्रतिशत सिडि रेसियो कायम गरिसक्न निर्देशन भएकाले बैंकहरुले कर्जा रोकेको हुँदा, यसलाई क्रमिकरुपमा तीन वर्षभित्र लागू गर्नुपर्ने र यस्तो रेसियो गणनामा बैंकलाई पुँजी जोड्न नदिए पनि रिजर्भ जोड्न दिनु पर्ने मुन्दडाको भनाइ छ।

तरलता संकट भएको समय ल्याइएको सीडी रेसियोकै कारणले व्यापारीहरुले बैंकबाट फाइनान्सियल सपोर्ट पाउन नसकेको अवस्थामा राष्ट्र बैंकले पछिल्लोपटक आयातमा गरेको नियमनले व्यापार बन्द नै हुने उनको भनाइ थियो।

तरलता संकट भयो भनेर आयात रोक्न शत प्रतिशत मार्जिन राख्नु पर्ने निर्देशन दिइएको छ, यो नीतिले व्यापार नै ठप्प बनाउने भयो।

समस्या हुने थाहा हुँदाहुँदै पहिले सुपारी, ल्वाङ, मरिचको आयात किन खुल्ला गर्नु रु पैसा हुनेले मात्रै व्यापार व्यवसाय गर्न सक्ने र उत्पादन र रोजगारी कटौती गर्ने नीति नेपाल राष्ट्र बैंकले अहिले लिएको छ।

‘अहिले एकैपटक आयातमा कडाइ गर्दा सबै भन्दा उद्योगी –व्यवसायी समस्यामा परेका छन्’, मुन्दडाले भने, ‘उद्योगी(–व्यवसायीलाई मारमा पारेर बैंकलाई मात्रै नाफा कमाउने नीति लिइएको छ।’

IME Life
kumari